भारती र हर्ष दुवै पक्राउ : आज अदालतमा पेश गरिँदै

२०७७ मङ्सिर ७ आइतबार, उदयपुर । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि भारतीय फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुरा बाहिर आइरहेको छ।

त्यस्तै ड्रग्स केसमा भारतीय कमेडियन भारती सिंह पनि पक्राउ परेकी छन् । उनी आज अदालतमा पेश हुँदैछिन् । एनसिबीले १८ घण्टा सोधपुछ गरेर आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ। दुबैलाई स्वास्थ्य परीक्षण गर्न सियोन अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साढे तीन घण्टासम्म सोधपुछ गरेर एनसीबी ले शनिबार भारतीलाई पक्राउ गरेको हो। भारतीले एक रात एनसिबी महिला सेलमा बिताएकी छिन्। भारतीको घर र अफिसमा ८६.५  ग्राम गाँजा भेटिएको थियो।  भारतीले आफू र पति हर्षले गाँजा लिने कुरा स्विकार गरेकी छिन्।

शनिबार ब्युरोले अन्धेरी,लोखण्डवाला र बर्सोवामा रहेको घरमा छापा मारेको थियो। ब्युरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको जानकारी दिएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार