२०७७ मङ्सिर ८ साेमबार, एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा साविक विजेता लिभरपुलले लेस्टर सिटीलाई हराएको छ । आइतबार भएको खेलमा लेस्टर सिटीलाई ३-० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि डिओगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका जोनी इभान्सले २१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।
जितपछि दोस्रो स्थानमा पुगेको लिभरपुलले शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । दुवै टिमको ९ खेलबाट २० अंक भएको छ । लेस्टर सिटी १८ अंकसहित चौथो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो