२०७७ मङ्सिर ८ साेमबार, एजेन्सी । भारती कम्पनी भारत बायोटेकले बनाएको कोरोना भाइरस विरोधी खोप कोभ्याक्सिन ६० प्रतिशत असरदार पाइएको छ । कम्पनीले आइतवार सो दाबी गरेको हो ।
२ देखि ८ डिग्री सेल्सियस तापमानमा भण्डारण गरेर रख्नु पर्ने यस खोपको असर यो कोभिड–१९ विरुद्ध यो भन्दा पनि धेरै हुन सक्ने बताइएको छ । यो खोप भारत बायोटेकको तर्फबाट इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) र नेशनल इन्ष्टिच्यूट अफ भायरोलोजी (एनआईभी)ले बनाएको हो ।
क्लिनिकल परीक्षणमा खोप कम्तिमा पनि ६० प्रतिशत असरदार रहेको भारत बायोटेकका क्वालिटी अपरेशन्स अध्यक्ष साई डी प्रसादले बताएका हुन् । खोप ५० प्रतिशतभन्दा बढी प्रभावकारी भएमा सोलाई मञ्जुरी दिइने विश्व स्वास्थय संगठन र अमेरिकी औषधि नियामकले बताएका छन् ।
खोपको तेस्रो चरणको परीक्षण यही महीना शुरु भएको छ । यसको डेटा सन् २०२१ को दोस्रो त्रैमसमा उपलब्ध हुने बताइएको छ । कम्पनीले आगामी वर्षको दोस्रो त्रैमासमा खोप लञ्च गर्ने लक्ष्य राखेको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो