२०७७ मङ्सिर ८ साेमबार, एजेन्सी । इटालियन सिरी ए अन्तर्गत एसी मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा मिलानले नापोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा जलाटन इब्राहिमोविचले २ गोल गरेका छन् । इब्राहिमोविचले खेलको २० र ५४औ मिनेटमा गोल गरेका हुन् । त्यस्तै मिलानका लागि अर्को गोल जेन्स पेट्टर हगले गरेका हुन् । नापोलिका लागि एक गोल भने ड्राइज मेर्टेन्सले गरेका हुन् ।
यस खेलको ६५औ मिनेटमा नापोलीक बकायोकोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा २ गोल गरेसँगै इब्राहिमोविचले सिरी ए मा नयाँ किर्तिमान बनाएका छन् । इब्राहिमोविच सिरी ए को पहिलो ८ खेलमा १० गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बनेका छन् । यस अघि यो किर्तिमान १९४२/४३ मा सिल्भियो पिओलाको नाममा रहेको थियो ।
८ खेलबाट २० अंक बनाएको एसी मिलान शीर्ष स्थानमा छ । समान ८ खेलबाट १८ अंक बनाएको सासुओलो दास्रो स्थानमा छ । आइतबार राति नै भएको खेलमा सासुओलो हेलास भेरोनालाई २-० ले हराएको थियो । यस्तै पार्मालाई ३-० ले पराजित गरेको रोमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । युभेन्टस १६ अंकका साथ चौथो स्थानमा छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो