२०७७ मङ्सिर ९ मङ्गलबार, काठमाडौं । बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली तथा प्रेरणाशाली महिलाको सूचीमा नेपाली महिला पनि परेकी छिन् । बीबीसीले सोमबार राति प्रभावशाली सय जना महिलाकाे नाम सार्वजनिक गरेकाे हाे ।
बीबीसीले तयार पारेकाे सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीय सपना राेका मगर पनि परेकी हुन् । जीवनकाे कठिन परिस्थितिमा पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उनीहरुले उदाहरणीय काम गरेकाे बीबीसीकाे भनाइ छ ।
म्याग्दीकी सपनाले विगत केही वर्षयता बेवारिसे शव जलाउने काम गर्दै आएकी छिन् । लकडाउनकाे समय राेजगारीविहिन भएकाहरूलाई खाना बाँड्ने काम पनि उनले गरिरहेकी थिइन्, अहिले पनि निःशुल्क खाना बाँड्ने काम जारी छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल