२०७७ मङ्सिर १० बुधबार, काठमाडौं । न्युजिल्याण्डका ग्रेग बार्कले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा निर्वाचित भएका छन् ।दोस्रो चरणको मतदानमा इमरान ख्वाजालाई पराजित गर्दै बार्कले आईसीसीका नयाँ अध्यक्ष चयन भएका हुन् ।
मतदानमा १६ भोटमा ११ भोट प्राप्त गर्दै बार्कले अध्यक्षमा निर्वाचित भएका हुन् ।पहिलो चरणमा बार्कलेले १० र ख्वाजाले ६ भोट पाएपछि दोस्रो चरणको मतदान भएको हो । अध्यक्षमा निर्वाचित हुनलाई दुई तिहाई मत आवश्यक पर्छ ।
पेशाले वकिल रहेका बार्कले सन् २०१२ बाट न्युजिल्याण्ड क्रिकेटको निर्देशक भएर काम गरिरहेका छन् ।उनी न्युजिल्याण्ड क्रिकेटको तर्फबाट आईसीसी बोर्डका सदस्य समेत हुन् ।
अब उनले सबै पद छोडेर आईसीसीको अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।’आईसीसी अध्यक्ष नियुक्त हुनु गर्वको कुरा हो । मलाई सहयोग गर्ने आईसीसी निर्देशकहरुलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष चुनिएपछि बार्कलेले भने ।
आईसीसीको पूर्व अध्यक्ष सशांक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो ।
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ