कश्मिरमा दुई आतंककारी मारिए

२०७७ असार ९ मङ्गलबार, एजेन्सी । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारी विरुद्धको कारबाहीका क्रममा  आतंककारी मारिएको बताएका छन् ।

मङगलबार भएको सो कारबाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ । जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारी अनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार