२०७७ मङ्सिर ११ बिहीबार, काठमाडौं । हालैका दिनमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ निरन्तर बढिरहेको छ । भाउ बढ्ने क्रमको यो शुरुआत मात्रै हुन सक्ने र भाउ बढेर आगामी वर्ष ७४ हजार डलरसम्म पुग्न सक्ने बताइएको छ ।
मंगलवार बिट्क्वाइनको भाउ ३ दशमलव ५ प्रतिशतले बढेर प्रतिगोटा १९ हजार डलरमाथि पुगेको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा भाउ १६६ प्रतिशतले बढिसकेको छ । हालैका दिनमा पेपल, स्क्वायर जस्ता फिनटेक कम्पनीहरु क्रिप्टो बजारमा प्रवेश गरेकोले पनि क्रिप्टोर बजार बुलिश बनेको हो ।
सन् २०१४ मा बिट्क्वाइनको भाउ बढेको थियो अनि सन् २०१५ मा यो घट्यो । त्यसपछि सन् २०१८ सम्मै भाउ बढिरह्यो । चौथौ वृद्धिको क्रम विगत २ वर्षमा देखिएको थियो । पाँचौं वृद्धिको क्रमले बिट्क्वाइनको भाउलाई झनै माथि पु¥याउने ट्रेडिङ एनालिसिसडटकमका संस्थापक टोड गोर्डन बताउँछन् ।
बिट्क्वाइनको भाउ बढेर आगामी वर्ष इलियट वेबअनुसार बढेर ७४ हजार डलरसम्म पुग्ने उनले बताए । त्यति सम्म बढेन भने पनि यो ३४ हजार डलरसम्म भने पुग्न सक्ने बताइएको छ । स्ट्राटेजिक वेल्थ पाटर्नसका अध्यक्ष तथा सीईओ मार्क तेपरले भने भाउ बढेर प्रतिगोटा १ लाखसम्म पुग्न सक्ने बताएका छन् ।
बिट्क्वाइनलाई उनले अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकको शेयरसँग तुलना गर्दै आगामी वर्षको अन्त्यसम्म भाउ १ लाख डलर पुग्ने बताएका हुन् ।
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ