घरेलु मैदानमा रियल मड्रिडसँग हार्‍यो इन्टर मिलान

२०७७ मङ्सिर ११ बिहीबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा इन्टर मिलान रियल मड्रिडसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउने इन्टर मिलानको सपनामा रियलले धक्का दिएको हो ।

उसकै मैदानमा रियलले २-० को जित दर्ता गरेको हो । रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल इन्टरका अच्राफ हाकिमीले आत्मघाती गरेका थिए । यस खेलमा खेलको ३३औ मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो ।

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यो दोस्रो जित हो । ४ खेलमा रियलको ७ अंक भएको छ भने समुह बि मा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्टरको भने ४ खेलमा केवल २ अंक रहेको छ भने इन्टरले एक जित पनि हासिल गर्न सकेको छैन ।

गएराती सम्पन समुह बि कै अर्को खेलमा ब्रोसिया एम ग्लाडवाचले शख्तर डोनेटस्कलाई ४(० ले पराजित गरेको छ । यो जितपछि ग्लाडवाचले ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै शख्तरको भने ४ खेलमा ४ अंक रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार