२०७७ मङ्सिर ११ बिहीबार, काठमाडौं । दिवंगत अभिनेता सुशांत सिंह राजपूतको मृत्यु पछि धेरै घटनामा अनुसन्धान भइरहेको छ । तर अधिकतम अनुसन्धान भने ड्रग्स केशको सम्बन्धमा भइरहेको छ ।
अहिलेसम्म धेरै नामहरु यस केसमा संलग्न भैसकेका छन् । एकै साथ धेरै मानिसहरू यस मुद्दामा जेल पनि गएका छन् । यसै क्रममा हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको नाम पनि यस केशमा थपिएको छ । यसैबीच, ड्रग्स प्रकरणमा भारतीको नाम आएपछि एक प्रयोगकर्ताले कपिल शर्मालाई ट्रोल बनाएका छन् ।
भारतीलाई नारकोटिक्स नियन्त्रण ब्युरोले गरेको सोधपुछमा लागूपदार्थको प्रयोग गरेको कुरा स्विकार गरेकी छिन् । त्यसबेलादेखि उनी लगातार सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् । उही समयमा, एक प्रयोगकर्ताले कपिल शर्मालाई लक्षित गरि एक स्टाटस लेखे –‘भारतीकाे के हाल भयो ? जब पक्राउ परेकी थिइनन् । ड्रग्स सेवन गर्थिनन् । सम्भवतः तपाइकाे पनि उही अवस्था तपाईको हो । जबसम्म तपाई पक्रिनु हुदैन् ।’
कपिल शर्मा पनि कहाँ कम थिए र उनले पनि प्रयोगकर्तालाई जवाफ दिइहाले । भने –‘पहिले तपाईंको शर्टको साइज बाक्लो बनाउनुहोस ।’ कपिलको यो ट्वीट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’