२०७७ मङ्सिर १३ शनिबार, एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले घोषणा गरेका थिए ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, ‘म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।’ ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।
मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।
सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।
विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उनले असहमति र असन्तुष्टि जनाउदै आएका छन् । उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आएका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’