२०७७ मङ्सिर १३ शनिबार, काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)को वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले निकालेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको परिणामका आधारमा वरियता खस्किएको हो ।
नेपालले कोरोना महामारीपछि बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो खेलमा २–० को हार तथा दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो । सोही प्रदर्शनले पनि नेपालको वरियतामा प्रभाव परेको हो ।
दक्षिण एसियाली राष्ट्र (सार्क) मा को वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दाअघि भारत र माल्दिभ्स रहेका छन् ।
भारत १ सय ४औं स्थानमा तथा माल्दिभ्स १ सय ५५औं स्थानमा रहेको छ । भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौ स्थानमा यथावत रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दा उरुग्वे एक स्थान तल झरेको छ । मेक्सिको र इटाली दुई स्थान सुधार गर्दै शीर्ष १० भित्र अटाएका छन् ।
क्रोएसिया दुई स्थान तल झदै ११औं स्थानमा पुगेको छ । डेनमार्क, जर्मनी र नेदरल्यान्डस्ले एक स्थान सुधार गर्दै शीर्ष १४ भित्र पर्दा कोलम्बिया ५ स्थान तल झदै १५औं स्थानमा पुगेको छ । विश्व वरियतामा २७औं स्थानमा रहेको जापान एसियाको शीर्षस्थानमा रहेको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’