थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

२०७७ मङ्सिर १३ शनिबार, काठमाडौं । नेपालमा आज थप १ हजार ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । पछिल्लो २४ घन्टामा ५१५ जना डिस्चार्ज भएका छन् ।

नेपालमा आज थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार