२०७७ मङ्सिर १४ आइतबार, काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कम्पनीहरु ह्यन्दे र कियालाई अमेरिकी नियामकहरुले जरिवाना तिराएका छन् ।
इञ्जिन फेल हुन सक्ने १० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउन ढिलाई गरेको भन्दै जरिवाना र सवारी साधनको सुरक्षामा सुधारका लागि कम्पनीहरुले १३ करोड ७० लाख डलर तिर्नु पर्ने भएको छ । जरिवानाको घोषणा नेशनल हाइवे ट्राफिक सुरक्षा प्रशासनले शुक्रवार गरेको हो ।
यो सँगै सन् २०११ को मोडल वर्षसम्मका ती विविध मोडलका सवारी साधन फिर्ता सम्बन्धमा कम्पनीले ढिलाई गरेको विषयमा तीन वर्षिय सरकारी अनुसन्धान सल्टिएको छ । सम्झौता अनुसार ह्यन्देले ५ करोड ४० लाख डलर तिर्नेछ र ४ करोड भने सुरक्षा सञ्चालन सुधारमा लगानी गर्नेछ ।
ह्यन्दे सम्बद्ध कियाले पनि २ करोड ७० लाख डलर जरिवाना तिरेर १ करोड ६० लाख भने सुरक्षा अवस्था सुधार्ने उपायहरुमा लगानी गर्नेछ । कियाको व्यवहार हेरेर खर्को २ करोड ७० लाख डलरको भुक्तानी भने स्थगित हुन सक्नेछ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो