२०७७ मङ्सिर १४ आइतबार, एजेन्सी । इटालियन सिरी ए अन्तगर्त युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस र बेनेभेन्टोबीचको खेल १-१ गोलले बराबरीमा रोकिएको छ ।
यस खेलमा युभेन्टसका लागि अल्भारो मोराटाले गोल गरेका थिए भने बेनेभेन्टोका लागि गाएटानो लेटीजियाले एक गोल गरेका थिए । यस खेलमा युभेन्टसका मोराटाले खेलको अन्तिममा रातो कार्ड पाएका थिए । त्यसै गरि यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा इन्टर मिलानले सास्सुओलोमाथि ३-० गोल अन्तरले जित हासिल गरेको छ । इन्टरको जितमा एलेक्सिस सान्चेज र रोबेर्टो गागलीअर्डिनीले एक एक गोल गरेका थिए भने एक गोल सास्सुओलोका भ्लाड चिरिचेजले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि इन्टर मिलानले ९ खेलमा १८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सास्सुओलोको ९ खेलमा १८ अंकसहित नै तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गएरातीको खेलपछि युभेन्टस बराबरीमा रोकिएपछि ९ खेलमा १७ अंक रहेको छ भने लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै बेनेभेन्टोको भने ९ खेलमा १० अंकसहित १२औँ स्थानमा रहेको छ ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक