२०७७ मङ्सिर १४ आइतबार, एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरेका थिए । महरेजले खेलको ६, २२ र ६९औ मिनेटमा गोल गरेका थिए । त्यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा लिड्स युनाइटेडसँग एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको छ । जितपछि सिटीको ९ खेलमा १५ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने ९ खेलपछि केबल ५ अंक रहेको छ ।
त्यसैगरी एभर्टन यो हारपछि १० खेलमा १६ अंकसहित छैठौ स्थानमा रहेको छ । त्यस्तै लिड्स यो जितपछि १० खेलमा १४ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो