२०७७ असार ९ मङ्गलबार, काठमाडौं । साउदीमाथि हुथी विद्रोहीले प्रहार गरेका ब्यालेस्टिक मिसालइल र ड्रोन खसालेको साउदी नेतृत्वको गठबन्धनको सेनाले मंगलबार जनाएको छ ।
इरान-गठबन्धनको हुथीले साउदी अरबमाथिको ‘मुख्य आक्रमण’ को विस्तृत विवरण अल मासिरा टीभीमार्फत् दिइने बताइएको छ । हुथीले यमनको उत्तरी प्रान्त अल-जाफमा यस वर्षको सुरवातमै कब्जा गरेको थियो ।
“आतंककारी हुथी मिलिसियाले सानाबाट रियादमाथि शत्रुतापूर्ण अप्रेसनका लागि प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई साउदी नेतृत्वको संयुक्त सैन्य गठबन्धनले ध्वस्त पारेको छ,” गठबन्धनका प्रवक्ता तुर्की अल-मालिकिले भने । साउदीले सैनिकका अनुसार आठ ‘बबी-ट्र्याप मानवरहित विमान’ सहित तीनवटा ब्यालेस्टिक मिसाइललाई खसालेको जनाइएको छ ।
साउदी अरबको रक्षा मन्त्रालय, किङ सलमान एयरबेस र गुप्तचर कार्यालयलाई निशाना बनाइएको हुथी विद्रोहीले दाबी गरेका छन् । – अलजजिरा
ट्रेन्डिङ
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’