ब्ल्याक फ्राइडेको अनलाइन विक्री कीर्तिमानी उचाई नजिक

२०७७ मङ्सिर १४ आइतबार, काठमाडौं । अमेरिकामा ब्ल्याक फ्राइडेको अनलाइन विक्री अहिलेसम्मकै उच्च विन्दुमा नजिक पुगेको छ । कोरोना भाइरसको महामारीबीच अमेरिकीहरुले आफैं पसलमा गएर किनमेल गर्ने बानी त्यागेपछि अनलाइनमा एक दिने विक्री बढेको हो ।

गत शुक्रवार अर्थात् ब्ल्याक फ्राइडेका दिन अमेरिकीहरुले अनलाइनमा ९ अर्ब डलर खर्च गरेका छन् । यो अहिलेसम्मकै दोस्रो उच्च हो । गत वर्षको सोही अवधिको तुलनामा भने यो २१ दशमलव ६ प्रतिशत धेरै भएको सफ्टवेयर कम्पनी अडोबले बताएको छ ।

शुक्रवारको विक्रीले गत वर्षको साइबर मन्डेलाई पनि उछिनेको उसको भनाइ छ । सो अवधिमा करीब ४० प्रतिशत विक्री स्मार्टफोनबाट भएको छ । कयौं उपभोक्ताहरुले साना व्यवसायहरुलाई समर्थन गरेको पाइएको छ । यिनीहरुको विक्री अक्टोबरको औसत दिनको तुलनामा ब्ल्याक फ्राइडेमा ५४५ प्रतिशतले बढेको छ ।

यसै सोमवारको साइबर मन्डेमा पनि अनलाएन विक्री कीर्तिमानी उचाईमा पुग्ने प्रक्षेपण विश्लेषकहरुले गरेका छन् । साइबर मन्डेको विक्री १० अर्ब ८० करोड डलरदेखि १२ अर्ब ७० करोडबीच हुने अपेक्षा गरिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५ देखि ३५ प्रतिशत धेरै हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार