न्युजिल्यान्डको बंगलादेश भ्रमण नहुने

२०७७ असार ९ मङ्गलबार, एजेन्सी । न्युजिल्यान्डको बंगलादेश भ्रमण मंगलबार रद्द गरिएको छ । बंगलादेशी क्रिकेट बोर्डले कोभिड १९ संक्रमणका कारण भ्रमण पछाडि सारिएको जनाएको छ ।

केन विलियम्सको टिम आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलका लागि अगस्टमा बंगलादेश जानु पर्ने थियो । दुवै देशको क्रिकेट बोर्डले सिरिज हुने नयाँ मिति तय गर्नेछ ।

बंगलादेशी बोर्डका प्रमुख कार्यकारीले भनेका छन्, ‘अहिलेको अवस्थामा अगस्टमा सिरिज आयोजना सम्भव देखिएन् । हामी कुनै प्रकारको जोखिम उठाउने स्थितिमा छैनौं ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार