२०७७ असार ९ मङ्गलबार, एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई कोरोना भाइरसको संक्रमण भएको छ।
गत साता सर्वियामा प्रदर्शनी प्रतियोगिताको रुपमा रहेको एड्रिया टुर खेलेका जोकोविचलाई कोरोना लागेको हो । टुर अन्तर्गत दोस्रो लीगका लागि सर्वियन स्टार जोकोविच गत साता क्रोएसिया पुगेका थिए । तर प्रतियोगिता फाइनल अघि स्थगित भएको थियो।
एक खेलाडीलाई कोरोना भएपछि प्रतियोगिता स्थगित हुँदा फाइनलमा पुगेका जोकोविचले क्रोएसिया छाडेका थिए । प्रतियोगिता खेलेका ग्रिगोर दिमित्रोभलाई सुरुमा कोरोनाको संक्रमण भएको थियो। त्यसपछि बोर्ना कोरिक र भिक्टोर ट्रोइकी पनि कोरोनाबाट संक्रमित बन्न पुगेका थिए।
३३ वर्षीय जोकोविचले सर्वियाका भिक्टोरसँग पहिलो खेल खेलेका थिए । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि टेनिसको आधिकारिक प्रतियोगिता एटिपी टुर भएको छैन । त्यसैले जोकोविचले कोरोनाबाट फ्रेस हुनका लागि एड्रिया टुर खेलेका थिए। जुन एटिपी टुरको इभेन्ट होइन।
टुरको पहिलो लीग सर्वियामा हुँदा ४ हजार फ्यान हेर्न आएका थिए । टुर भएकै बखत खेलाडीहरु बेलग्रेडको नाइटक्लबमा रमाएको तस्बिर सार्वजनिक भएको थियो।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’