लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग पराजित

२०७७ मङ्सिर १६ मङ्गलबार, काठमाडौं । शीर्षस्थानको प्रतिश्पर्धामा रहेको लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग घरेलु मैदानमा नै पराजित भएको छ। जितपछि फुलहामले रेलिगेसन जोन छाडेको छ भने लेस्टर चौँथो स्थानमा नै यथावत छ।

लेस्टर फुलहामसँग २-१ गोल अन्तरले पराजत भएको हो। फुलहामका लागि एडेमोला लुकमानले गोल गरेपछि लेस्टर ३०औँ मिनेटमा नै पछि परेको थियो। ३८औँ मिनेटमा फुलहामले पेनाल्टी पाएपछि अग्रता दोब्बर बनायो। उसका इभान काभालेरोले पेनाल्टी गोल गरे।

लेस्टरका हार्भे बर्नेसले ८६औँ मिनेटमा एक गोल फर्काए। हारपछि लेस्टरको १० खेलबाट १८ अंक भयो। शीर्षस्थानको टोटेनहम हट्स्पर र लिभरपुलको २१ अंक छ। फुलहाम भने सात अंकसहित १९औँबाट १७औँ स्थानमा उक्लिएको छ।

अर्को खेलमा वेस्टन वेस्टहाम युनाइटेडले एस्टोन भिल्लालाई २-१ गोलले पराजित गरेको छ। यसअघि हिजो भएको खेलमा चेल्सी र शीर्षस्थानको टोटेनहमले गोलरहित बराबरी खेलेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार