२०७७ मङ्सिर १६ मङ्गलबार, काठमाडौं । चीनले अमेरिकासँगको व्यापार युद्ध चर्काउन खोजेको छ । चीनले नियन्त्रित वस्तुहरू देशबाहिर निर्यात गर्न रोक लगाउन मंगलवारदेखि कार्यान्वयन हुने गरी कठोर निर्यात कानून ल्याएको छ ।
यो कानून अमेरिकालाई लक्षित गरेर ल्याइएको हो । यी नियम चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ ।
निर्यात नियन्त्रण कानूनले नियन्त्रित सामाग्रीलाई विभिन्न समूहमा वर्गीकरण गर्दछ । यसमा परमाणु, सैन्य सामग्री र गैरसैनिक एवम् सैनिक दुवैमा प्रयोग हुनसक्ने सामग्रीहरू राखिएका छन् ।
कानूनले चीनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भनिएका वस्तुहरूलाई समेटेको छ । नर्यातकर्ताले नियन्त्रित सूचीमा रहेका वा अस्थायी नियन्त्रणमा रहेका वस्तुहरू निकासी गर्न अनुमतिपत्रका लागि आवेदन दिनु पर्नेछ ।
नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्वास गरिएको छ । चिनियाँ प्रविधिमा कडाई गर्ने अमेरिकी नीतिको चपेटामा टिकटक, हुवावेई र टेन्सेन्ट आदि परेका छन् । चीनको पछिल्लो कदमले अमेरिकासँगको व्यापार युद्धलाई थप चर्काउने चिन्ता बढेको छ । चीन र अमेरिकाबीच सन् २०१८ देखि व्यापार विवाद शुरु भएको थियो । यो वर्ष विवाद झनै चर्किएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले चिनियाँ कम्पनीले चीन सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन् ।
चीनले आर्टिफिशल इन्टेलिजन्स एआई र कम्प्युटर एल्गोरिदमलाई नियन्त्रित निकासीको क्षेत्रमा राखेको छ । यो अमेरिकाले टिकटकमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप आएको विश्लेषकहरु बताउँछन् । अमेरिका र चीनबीच जारी व्यापार युद्ध जो बाइडनले सत्ता सम्हालेपछि पनि अघि बढ्ने विश्लेषण गरिएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो