२०७७ मङ्सिर १७ बुधबार, काठमाडौं । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेसी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ ।
यी खेलाडीलाई प्रमुख प्रशिक्षक रोनाल्ड कोमानले नखेलाउने निर्णय गरेका हुन् । समूह छ मा रहेको बार्सिलोनाले चार वटा खेल जित्दै च्याम्पियन्स लिगको अन्तिम १६ का लागि यसअघि छनौट भइसकेको छ ।
अघिल्लो चरणको डाइनामो किभ विरुद्धको खेलमा पनि मेसीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो । समूहमा बार्सिलोनाले युभेन्टसभन्दा तीन अंकले अग्रता बनाएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदैछ ।
बुधबारको खेलमा चोटका कारण अरु पनि खेलाडी अनुपस्थित हुनेछन् । क्लबका अनुसार जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल अम्टिटी चोटग्रस्त छन् । –रासस/एपी
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो