२०७७ मङ्सिर १७ बुधबार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । गएराति भएको खेलमा डच क्लब आयाक्समाथि १-० को साँघुरो जित निकाल्दै लिभरपुल अन्तिम १६ मा पुगेको हो ।
उसले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्को साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफका गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ५८ औं मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्ले निर्णायक गोल गरे ।
लिभरपुलले पाँच खेलबाट १२ अंक जाडेको छ । अजाक्सको सात अंक छ। समूह डी अन्तर्गत गएराति भएको अर्को खेलमा एफसी मिड्ट्जील्याण्डले एट्लान्टासँग १–१ को बराबरी खेलेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो