२०७७ असार १० बुधबार, एजेन्सी । हलिउड अभिनेता ड्यानी मास्टर्सनमाथि बलात्कार आरोप लागेको घटना सेलाउन नपाउँदै हलिउडका चर्चित गायक जस्टिन बिबरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
गायक बिबरमाथि ड्यानियल नामकी महिलाले सन् २०१४ मा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप ट्विटरमार्फत लगाएकी हुन्। ती महिलाका अनुसार टेक्ससको अस्टिनमा एक होटलमा ९ मार्च २०१४ मा जस्टिनले उनीमाथि दुर्व्यवहार गरेका थिए। तर आरोप लगाउने ड्यानियलको ट्विटर अकाउन्ट हाल बन्द भएको जनाइएको छ।
ड्यानियलको उक्त ट्विटपछि गायक बिबरले पनि ट्विटरबाटै आफूमाथि लागेको आरोपबारे खण्डन गरेका छन्। उनले आरोपितले आरोप लगाएझैं आफू सो समयमा उक्त स्थानमा नरहेको प्रस्ट्याएका छन्। उनले आफूले स्पष्टीकरण दिनुअघि प्रमाण जम्मा गरेको समेत बताउँदै भनेका छन्, ‘यौन दुर्व्यवहारको आरोपलाई मैले हल्का रूपमा लिएको छैन। तर यो हल्ला भनेको हल्लै हो।’
बिबरले आफू विरुद्ध लगाइएको आरोपमा कुनै सत्यता नभएको जनाउँदै यसको कानुनी उपचारसमेत खोज्ने अभिव्यक्ति दिएका छन्।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो