२०७७ मङ्सिर १७ बुधबार, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
घरेलु टिम अष्ट्रेलियाविरुद्धको अहिले जारी तेस्रो खेलमा २३ रन जोड्दै कोहलीले १२ हजार रन पूरा गरेका थिए ।
कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पूरा गरेर कीर्तिमान बनाएका हुन् । कोहलीले पूर्वकप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’