२०७७ मङ्सिर १८ बिहीबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यानचेस्टर युनाइडेडलाई पराजित गरेको छ । गएराती भएको समूह एच अन्तर्गतको खेलमा म्यानचेस्टरको घरेलु मैदानमा पीएसजीले ३-१ को जित दर्ता गरेको हो ।
पीएसजीको जितका लागि नेइमारले दुई गोल गरे भने माक्र्वीन्होसले एक गोल गरे । युनाइटेडका मार्कश रासफोर्डले एक गोल फर्काए । खेलको ७३ मिनेटपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । ७३ मिनेटमा फ्रेड दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन् ।
पीएसजीका लागि नेइमारले खेलको सुरुवाती छैटौँ मिनेटमा पहिलो गोल गरे । नेइमारको गोलले अग्रता लिएको पीएसजीलाई खेलको ३२ औं मिनेटमा युनाइटेडका रासफोर्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।
तर, खेलको ६९ मिनेटमा माक्र्वीन्होस्ले पीएसजीको अग्रता दोब्बर बनाए भने खेलको इन्जुरी समयमा नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को जित निश्चित गरे। पराजित भएको युनाइटेड ९ अंकसहित समूहको शीर्ष स्थानमा छ भने पीएसजीलेसमेत ९ अंक बनाएको छ । पीएसजी भने समूहको दोस्रो स्थानमा छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो