२०७७ मङ्सिर १८ बिहीबार, काठमाडौं । चीनले नेपाल–चीनको सम्बन्धले तेस्रो पक्षलाई कुनै खालको असर नगर्ने बताएको छ । भारततर्फ इङ्गित गर्दै चीनले यस्तो बताएको हो ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनेकी छन्, ‘मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत् सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्नेवाला छैन । चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्याउन काम गर्न तयार छ ।’
पछिल्लो समयमा भारतले नेपालको चीनसँगको सम्बन्धको बारेमा चासो राख्दै आएको छ । उक्त भारतीय चासोलाई नै संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’