कंगनाविरुद्ध जावेद अख्तर अदालतमा

२०७७ मङ्सिर १९ शुक्रबार, काठमाडौं । बलिवुडका चर्चित गीतकार एवं लेख जावेद अख्तरले अभिनेत्री कंगना रनावतविरुद्ध दायर गरेको मुद्धामा आफ्नो बयान दिएका छन् । कंगनाले जावेद अख्तरलाई ऋतिक रोशनसँग माफी माग्न भनेको र घरमा आएर धम्काएको आरोप लगाएकी थिइन् ।

कंगनाको सो आरोपपछि जावेद अख्तरले कंगनाविरुद्ध मानहानीको केस दायर गरेका थिए ।

जावेदले विहिबार मुम्बईस्थित मेट्रोपोलिटन अदालतसमक्ष आफ्नो बयान दिएका छन् । उनले वकिलको माध्यमबाट बयान दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । लामो समय देखि चलेको बयानबाजीबाट दिक्क भएर जावेदले मानहानीको केस दर्ता गर्याएको बताएका छन् । उनले यसका लागि लामो कानुनी लडाई लड्न आफु तयार रहेको बताएका छन् ।

हरेक विषयमा आफ्नो भनाई राख्न नडराउने कंगनाविरुद्ध अहिले अनेकौं मुद्दा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार