प्रचण्ड–नेपाल समुहका विद्यार्थीको छुट्टै भेला, सहभागि छन् यी नेता पनि

२०७७ मङ्सिर १९ शुक्रबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले पानी बाराबारको स्थिति छ । प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतले साथ दिइरहेका छन् ।

यसै परिपेक्षमा नेताहरुबीच सम्बन्ध बिग्रिरहेका वेला विद्यार्थी संगठनबीच पनि फाटो आएको छ । परिणामस्वरुप प्रचण्ड–नेपाल समुहको विद्यार्थी भेला थापाथली क्याम्पसमा अहिले जारी रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य अशोक थापाले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो । पार्टी एकतामा जोड दिन भेला डाकिएको उहाँको भनाइ छ ।

त्यहाँ प्रचण्ड, नेपाल र खनाल पक्षका नेताहरु समभागी छन् । जसमा अष्टलक्ष्मी शाक्य, पम्फा फुसाल, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री आदि नेता छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार