२०७७ मङ्सिर १९ शुक्रबार, एजेन्सी । इजिप्टियन मोडल सल्मा अल सिमी पक्राउ परेकी छन् । इन्ष्टाग्राममा हट तस्विर राखेकै आधारमा उनी इजिप्ट प्रहरीको आँखामा परेकी हुन् ।
सल्मासँगै उनका फोटो ग्राफर होसम मोहम्मद समेत इजिप्ट प्रहरीको नियन्त्रणमा छन् । उनीहरुलाई गत हप्ता कायरो बाहिरको ४७०० वर्ष पुरानो स्टेप पिरामिडमा अश्लिलता झल्कने पोशाक लगाएर फोटो तथा भिडियो खिचाएको आरोप छ ।
इजिप्टका स्थानीय मिडियाका अनुसार उनीहरुलाई अश्लिलता भड्काएको तथा मिश्री सभ्यताको अनदार गरेको आरोप छ ।
स्थानीय मिडियाका अनुसार सल्मा अहिले जमानतमा छिन् । उनलाई साक्करा पुरातात्विक क्षेत्रमा अनुमति विना फोटो सुट गरेको आरोप छ ।
इन्ष्टाग्राममा लाखौं फलोवर्स रहेकी सल्मालाई पक्राउ गरीएको विषयमा इजिप्टमा व्यापक वहसहरु भएका छन् । पुरातनवादीहरुले सल्मालाई ऐतिहासिक सभ्यतामाथि अस्लिलता फैलाएको आरोप लगाएका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो