पार्टी भित्रको विवाद बढ्दै जाँदा प्रतिपक्षको आन्दोलन घोषणाले प्रधानमन्त्री ओली थप दबाबमा

२०७७ मङ्सिर २० शुनिबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रवार बसेको केन्द्रिय पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठकले सरकारका विरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारवरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ गरेर दमनमा उत्रिएको, स्वेच्छाचारि भएको, भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारी नियन्त्रणका लागि व्यवस्थापन गर्न नसकेको, संसदको हिउँदे अधिवेशन नवोलाएको लगायतका एजेण्डा सहित कांग्रेसले आन्दोलनको घोषणा गरेको हो ।

लामो समयदेखिको आन्तरिक विवादका कारण अपठ्यारोमा देखिएको सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी आन्दोलनको घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली थप दबाबमा पर्नुभएको छ ।

उता कांग्रेसले आन्दोलनको घोषणा गरेकै दिन नेकपाकै नेताहरुले आज काठमाडौंमा एक कार्यक्रम गरि सरकार र प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले आफु समर्थित युवाहरुको भेला गरेर सरकारको चर्को आलोचना गरेका हुन् । भेलामा नेकपा केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वका कारण नेकपाप्रतिको धारणा नकारात्मक बनेको टिप्पणी गर्नुभयो ।

भेलामा नेतृ अष्टलक्ष्मि शाक्यले आफ्नै प्रतिवेदनबारे छलफल गर्न डाकिएको बैठकमै नजानु प्रधानमन्त्रीको गल्ति भएको टिप्पणी गर्नुभयो । भेलामा पम्फा भुसाल, रामकुमारी झाकी्र लगायतका नेताले सरकारको र प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध गरेका थिए ।

शुक्रवार एकै दिन प्रतिपक्षी र सत्तारुढ दलभित्रकै नेताहरुले समान शैलीमा सरकारको आलोचना गरेका छन् । तर यस्ले सरकारलाई केही फरक नपर्ने पूर्व मन्त्री एवं प्रधानमन्त्री ओली निकट नेता गोकुल बास्कोटाको जवाफ छ ।

आन्दोलन गर्न पाउने अधिकार भएपनि कांग्रेसले मुद्धा स्थापीत गर्न नसक्ने उहाँको टिप्पणी छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेसले समेत आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री ओली थप दबाबमा पर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार