प्रदेश १ का प्रमुखलाई थप उपचारका लागि काठमाडौं काठमाडौं ल्याइयो

२०७७ मङ्सिर २० शुनिबार, काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। कोरोना संक्रमित अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उहाँको शरीरमा अक्सिजनको मात्रा कम भएपछि कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं ल्याइएको हो।

अधिकारीलाई यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अधिकारीका प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसार उहाँ विराटनगरस्थित घरमै ‘आइसोलेसन’मा बस्न्ुभएको थियो ।

उहाँको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार