चन्द्रमामा चीनको झण्डा

चीन चन्द्रमामा देशको झण्डा फहराउने दोस्रो देश बनेको छ । अमेरिकाले ५० वर्ष पहिले पहिलोपटक देशको झण्डा चन्द्रमामा फहराएको थियो ।

चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले चन्द्रमामा आफ्नो झण्डा गाडेको जनाएको छ । वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले सार्वजनिक गरेको हो ।

च्याङ्ग’इ–५ अन्तरिक्ष यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार फर्किएको छ ।

अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँचवटा झण्डा चन्द्रमामा राख्न सफल भएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार