रियल म्याड्रिड र एटलेटिको विजयी, बार्सिलोना क्याडिजसँग स्तब्ध

२०७७ मङ्सिर २१ आइतबार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले आआफ्ना खेल जितेका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियामाथि १-० को जित हासिल गरेको छ ।

रियलको जितमा सेभियाका यासिन बोउनोउले खेलको ५५औ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले रियल भल्लाडोलिडलाई २–० गोल अन्तरले पराजित गरेको छ । एटलेटिकोको जितमा थोमास लेमार र मार्कोस लिओरेन्टेले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको ला लिगाको शीर्ष स्थानमा रहेको छ । एटलेटिकोको १० खेलमा २६ अंक रहेको छ । त्यस्तै रियल म्याड्रिडको यो जितपछि ११ खेलमा २० अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै सेभियाको १० खेलपछि १६ अंक रहेको छ भने लिगको छैठौ स्थानमा रहेको छ ।

बार्सिलोना क्याडिजसँग स्तब्ध
गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २–१ गोल अन्तरले पराजित भएको हो । काडिजको जितमा अल्भारो गिमेनेज र अल्भारो नेग्रेडोले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि पनि काडिजका पेड्रो अल्कालाले आत्मघाती गोल गरेका थिए ।

यस सिजनाको ला लिगामा बार्सिलोनाको यो चौथो हार हो । अहिलेसम्म १० खेलमा ४ जित २ बराबरी र ४ खेलमा हारेको बार्सिलोनाको १४ अंक रहेको छ भने लिगमा सातौ नम्बरमा रहेको छ । त्यस्तै कडिजको भने १२ खेलमा १८ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार