पीएसजीको जितमा एमबाप्पेकाे कीर्तिमानी गोल

२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले शानदार जित दर्ता गरेको छ । शीर्ष स्थानको पीएसजीले अवे मैदानमा भएको खेलमा मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो ।

पीएसजीको जितमा कोलिन डगबा, मोइस कीन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै मोन्टपेलिएरका लागि स्टेफी माभीडीडीले एक गोल फर्काएका थिए ।

यस खेलमा एक गोल गरेसँगै एम्बाप्पेले पीएसजीका लागि आफ्नो सय गोल पूरा गरेका छन् । एम्बाप्पे पीएसजीका लागि सय गोल गर्ने पाँचौ खेलाडी हुन् । यस अघि एडिसन कभानीले २ सय गोल गरेका छन् भने जलाटन इब्राहिमोविचले १५६, पाउलेटाले १०९ र डोमिनिक्यू रोचेटाउले सय गोल गरेका थिए ।

योजितपछि पीएसजीको लिग वानमा १३ खेलमा २८ अंक भएको छ र पिएसजी शीर्ष स्थानमा रहेको छ । त्यस्तै मोन्टपेलिएरको १३ खेलमा २३ अंक छ भने लिगमा छैठौ स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार