अन्तरिक्षमा पहिलो पटक फल्यो मूला, नासाले सेयर गर्‍यो यस्तो तस्बिर

२०७७ मङ्सिर २१ आइतबार, कास्की । वैज्ञानिकले पहिलो पटक अंतरिक्षमा मूला फलाएको छ। यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ।

नासाकी अंतरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन्। केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन्।

नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन्। नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ। स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ। यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ।

इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ।

नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन। स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस्। अंतरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार