कौशलटार: दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला

२०७७ मङ्सिर २१ आइतबार, भक्तपुर । भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार बाहिर एक युवतीको शव फेला परेको छ । करिब २५ वर्षीया युवतीको सनाखत हुन सकेको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाका अनु्सार मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा युवती फेला परेकी थिइन् । भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा राति पौने १ बजे कार सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कारमा कतिजना सवार थिए र कसले चलाएको खुलेको छैन । दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार