कसले चलायो बुटवलमा गोली ?

२०७७ मङ्सिर २१ आइतबार, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको थियो ।

होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहरी टोलीलाई प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताउनुभयो ।

उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार