एप्पलले सित्तैमा आइफोन ११ को डिस्प्ले फेरिदिने

२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । विश्वविख्यात अमेरिकी कम्पनी एप्पलको आइफोन ११ मा  डिस्प्लेको समस्या देखिएपछि नि:शुल्करुपमा परिवर्तन गरिदिने भएको छ । एप्पलका अनुसार आइफोन ११ को डिस्प्ले मोड्युलमा छुँदा रेस्पोन्स नहुने समस्या आएपछि एप्पलले नि:शुल्करुपमा परिवर्तन गर्न लागेको हो ।

एप्पलले जनाए अनुसार २०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका आइफोनहरुमा यस्तो समस्या देखिएको छ ।

आइफोन ११ को डिस्प्लेमा आएको समस्या बाहेक अन्य किसिमको टुटफुट वा अतिरिक्त समस्याहरुको मर्मतका लागि भने प्रयोगकर्ता स्वयम्ले बेहोर्नु पर्ने एप्पलले जनाएको छ ।

एप्पल अनुसार समस्याग्रस्त आइफोनको डिस्प्ले मर्मत गराइसकेका प्रयोगकर्ताले भने लागेको खर्च बराबरको रकम शोधभर्ना पाउने छन् । आइफोन खरिद गरेको दुई वर्षसम्म यो अफर जारी रहने एप्पलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार