सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७७ मङ्सिर २१ आइतबार, चितवन । पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरित दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-७ का ३५ बर्षीय बिजेन्द्र चौधरीलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

गाडी र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार