२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीको गम्भीर दिर्घकालीन परिणामका कारण सन् २०३० सम्म २० करोड ७० लाख मानिसहरु चरम गरिबीतर्फ जान सक्ने यूएनडीपीकाे अध्ययनले जनाएकाे छ ।
यदि यस्तो भयो भने विश्वभरी अत्यन्तै गरिब मानिसहरुको संख्या एक अर्ब पार गर्नेछ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) द्वारा गरिएको एक नयाँ अध्ययनले यो निष्कर्ष निकालेको हो । अध्ययनले कोरोनाबाट प्राप्त रिकभरीका परिदृश्य र स्थिर महामारीको कारणले अर्को दशकमा हुने बहु–आयामिक प्रभावहरुका कारण स्थिर विकास लक्ष्य (एसडीजी) मा पार्ने प्रभावको मूल्यांकन गरेको छ ।
यो अध्ययन यूएनडीपी र डेनभर युनिभर्सिटीमा ‘पारडी सेन्टर फर इन्टरनेशनल फ्यूचर’ बीचको लामो समयदेखि रहेको साझेदारीको हिस्सा हो । अध्ययनका अनुसार, ‘कोरोना महामारीको गम्भीर दीर्घकालीन नतिजाका कारण २०३० सम्ममा २० करोड ७० लाख बढी मानिसहरू अत्यन्तै गरीबीतर्फ धकेलिन सक्छन् । यदि यस्तो भयो भने, विश्वभरि अत्यन्त गरिबहरूको स संख्या एक अर्ब पार हुनेछ ।’
हालको मृत्युदर र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को हालको विकास दर अनुमानको आधारमा ‘बेसलाइन काेराेना’ परिदृश्य विश्व महामारीको अगाडि भएको विकासको मार्गको तुलनामा चार कराेड ४० लाख अतिरिक्त मानिसहरू चरम गरीबीमा पर्नेछन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’