रहेनन् गायक जगतमर्दन थापा

गायक तथा लेखक जगतमर्दन थापाको निधन भएकाे छ । नर्भिक अस्पतालमा उपचारका क्रममा उनकाे ८५ वर्षकाे उमेरमा आज (आइतबार) बिहान १० बजे निधन भएकाे हाे ।

एक महिनाअघि कोरोना संक्रमित भएका उनकाे फोक्सोमा समस्या देखिएको थियो । काेराेना संक्रमणमुक्त भएका उनकाे स्वाथ्यमा अचानक समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएकाे थियाे ।

सप्तरीको बरमझियामा जन्मेका थापा २००८ सालमा १६ वर्षको उमेरमा काठमाडौं आएका थिए । २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार