थप १ हजार १४ जनामा कोरोना पुष्टि, २० को मृत्यु, १६ सय २८ जना निको भए

२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप१ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ४१ हजार ९९५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।   नेपालमा हाल  १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार छ सय १४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार