भारतमा देखा पर्‍यो रहस्यमयी रोग : एक जनाकाे मृत्यु, ३४० जना अस्पताल भर्ना

२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीका बिच भारतको आन्ध्र प्रदेशमा रहस्यमयी राेग देखा परेकाे छ ।

उक्त राेगबाट एक जनाकाे मृत्यु भइसकेकाे छ भने ३४० जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १८० पुरूष र १६० जना महिला छन् । चिकित्सकका अनुसार ती बिरामीहरूमा पेट दुख्ने, रिंगटा लाग्ने, बेहाेस हुने लगायतका लक्षण देखा परेका छन् ।

कोरोना कहरबीच भारतमा नयाँ रहस्यमयी रोग देखा परेपछि मानिसहरु त्रसित भएका छन् । आन्ध्र प्रदेशस्थित पश्चिम गोदाभरी जिल्लाको इलुरु भन्ने शहरमा पहिलोपटक यस रोग देखिएको थियो । एक हप्तामै ३४० जना बिरामी परेका हुन् ।

हाल स्वास्थ्य अधिकारीहरुले यो रोगको बारेमा अनुसन्धान गरिरहेका छन् । उक्त राेगका बिरामीहरूकाे काेराेना रिपाेर्ट भने नेगेटिभ आएको बीबीसीले जनाएकाे छ । बिरामीहरूमा आँखा पोल्ने समस्या पनि देखिएकाे छ ।

बिरामीमध्ये १६८ जनालाई अस्पतालबाट उपचार पछि घर पठाइएको छ भने १५७ जनाकाे उपचार चलिरहेकाे छ । १४ जना बिरामीलाई थप उपचारका लागि विजयवाडा पठाइएको बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार