शेयर बजारमा उछाल

२०७७ मङ्सिर २१ आइतबार, काठमाडौं । शेयर बजार आज झण्डै ७२ अङ्कभन्दा धेरैले वृद्धि भएको छ। सबै समूहको सूचक बढे सँगै नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो।

आज शेयर बजारमा जीवन बीमा समूहको ६ सय ९८ अङ्क, निर्जीवन बीमा समूहको ४ सय  ५ अङ्क, उत्पादन समूहको २ सय २४ अङ्क, व्यापारको १ सय ३० अङ्क, माइक्रो फाइनान्सको १ सय २७ अङ्क, जलविद्युतको ९८ अङ्क, अन्यको ८० अङ्क, होटलको ६० अङ्क र बैंकिङ समूहको ३१ अङ्कले बढेको छ।

त्यस्तै आज कुल दुई सय ६ कम्पनीको एक करोड १९ लाख कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। आज नारायणी विकास बैंक र रसुवागढी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतको दरले कमाएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार