थप १ हजार ३८२ जनामा कोरोना पुष्टि, २३ को मृत्यु, १६ सय २१ जना डिस्चार्ज

२०७७ मङ्सिर २३ मङ्गलबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ४३ हजार ३७७  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६२१ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख २९ हजार ५४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।   नेपालमा हाल  १२ हजार ६ सय ८६ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार छ सय ३७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार