मोबाईलको फोटो डिलिट भयो ? यसरी फिर्ता पाउनुहोस्

२०७७ मङ्सिर २३ मङ्गलबार, काठमाडौं । घुम्न जादा होस् वा कुनै कार्यक्रम वा साथी भाई भेटघाट हुँदा नै किन नहोस्, हामी आफ्नो मोबाईलमा फोटो खिच्न तल्लिन हुन्छाैँ । फोटोले हाम्रो विगतको याद ताजा बनाउँछ, जुन कुरा हामी सम्झिन कठिन हुन्छ । सो कुरा हामी फोटो वा भिडियो हेरेर सजिलै याद गर्न सक्छौँ ।

आजकल मोबाइको सहजताले गर्दा फोटो खिच्न सजिलो भएको छ । यसरी मोबाईलमा जम्मा गरेका तस्बिरहरु अचानक डिलिट हुँदा हाम्रो वर्षाैँ अगाडीको याद पनि सोही तस्बिरसँगै डिलिट हुन पुग्छ । आउनुहोस् यदी तपाईंको स्मार्टफोनमा भएको फोटो, भिडियो वा डाटा डिलिट भयो भने कसरी रिकभर गर्ने सो बारेमा जानकारी लिऊँ ।

तपाईंले यो सजिलो तरिकाले आफ्नो डिलिट भएको फोटो भिडियो प्राप्त गर्न सक्नुहुन्छ:

सबै एन्ड्रोइड फोनसँग गुगलको फोटो एप हुन्छ । गुगल फोटोहरूमा फोटो ब्याकअपको विकल्प पनि छ, जुन सहायताले तपाईं गुगल ड्राइभमा फोटो पनि ब्याकअप गर्न सक्नुहुनेछ ।

यदी तपाईंको फोटो गूगल फोटोबाट पनि डिलिट भएको छ भने त्यहाँ Trash अथवा Bin हुने गर्छ, त्यसमा हेर्नुहोस् । त्यहाँ तपाईंको सबै डिलिट भएको फोटो हुने गर्छ । त्यहाँबाट आफुलाई चाहिने फोटो रिकभर गर्नुहोस्, पुरानो ठाउँमा आएर बस्छ ।

मेमोरी कार्डबाट डिलिट भएमा

यदी तपाईंको फोटो मेमोरी कार्डमा थियो, त्यहाँबाट डिलिट भयो भने पहिला मेमोरी कार्डलाई झिकेर कार्ड रिडरमा राख्नुहोस् र डाटा केबलद्वारा कम्प्युटरमा जोड्नुहोस् । डाटा रिकभर गर्न आफ्नो कम्प्युटर वा ल्यापटपमा यो EaseUS Data Recovery Wizard सफ्टवेर डाउनलोड गर्नुहोस् ।

यदी एन्ड्रोइड फोनमा हो भने सजिलो गरी फोटो र भिडियो डाउनलोड गर्नका लागि DiskDigger सबै भन्दा सजिलो छ र सित्तैमा पाइन्छ । तर तपाईंलाई फोटो वा भिडियो बाहेक अरु डाटा पनि रिकभर गर्नुपर्ने छ भने चाहीँ तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार