२०७७ मङ्सिर २४ बुधबार, एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले बार्सिलोनालाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए । रोनाल्डोले खेलको १३औ र ५२औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यस्तै युभेन्टसका लागि अर्को गोल खेलको २०औ मिनेटमा वेस्टन म्याकेनीले गरेका थिए ।
युभेन्ट्सको खेलाडीको रुपमा बार्सिलोनाविरुद्ध पहिलो खेल खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस अघि यसै सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो ।
योसँगै युभेन्टस समुह जी मा समुहमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोना पनि १५ अंकसँगै दोस्रो स्थानमा रहेको छ । दुवै क्लब अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । च्याम्पियन्स लिगमा बार्सिलोना २००६-०७ सिजनपछि पहिलो पटक समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको हो ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो