यूबरले बेच्यो स्वचालित कार कम्पनी

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । अमेरिकी अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनीले स्वचालित कार व्यवसाय बेचेको छ ।

नाफामा केन्द्रीत हुन यूबरले आफ्नो सहायक कम्पनी एड्भान्स्ड टेक्नोलोजिज ग्रूपलाई स्टार्ट–अप अउरोरा टेक्नोलोजिजलाई बेचेको हो । कम्पनीको भविष्यका लागि महत्वपूर्ण भनेर

यूबरका संस्थापकले कुनै समय औंल्याएका थिए । पछिल्लो सम्झौताले स्वचालित कारलाई वास्तविकता बनाउन आफ्नो लक्ष्य तीव्र गतिमा अगाडि बढ्ने अउरोराले बताएको छ । कम्पनी बेचेको भएपनि आफ्नो नेटवर्कमा स्वचालित कार लञ्च गर्न अउरोरासँग सहकार्य गर्ने यूबरको योजना छ ।

पछिल्लो सम्झौतामा अउरोराले एड्भान्सको मूल्यांकन करीब ४ अर्ब डलर गरेको रोयटर्सले बताएको छ । सम्झौता आगामी वर्षको पहिलो तीन महीनामा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार